एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन

घरेलु टोली एपीएफ एफसीलाई पराजित गर्दै भारतको इस्ट बंगालले पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनल खेलमा इस्ट बंगालले एपीएफलाई ३-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा २-० ले पछि परेको एपीएफले दोस्रो हाफमा थप १ गोल खायो।
खेलको १७औँ मिनेटमा अनिता बस्नेतको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। खेलको २२औँ मिनेटमा इस्ट बंगालकी कप्तान फजिला इक्वापिटले गोल गर्दै टोलीलाइ सुरुवाति अग्रता दिलाइन्।

त्यसलगत्तै २४औँ मिनेटमा पेनाल्टी एरियाबाट फजिलाकै प्रहार एपीएफकी गोलरक्षक अञ्जनाले बचाइन्। खेलको ३५औँ मिनेटमा आशालताको क्रसमा शिल्की देवी हेमानको गोलमा इस्ट बगांलले अग्रता दोब्बर बनायो।
खेलको ४६ औँ मिनेटमा कप्तान फजिलाको व्यक्तिगत दोस्रो गोलमा इस्ट बगांलले ३-० गोलको अग्रता बनायो।
त्यस्तै, ५३औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको हेडर सिधै किपरको हातमा पुग्यो। खेलको दोस्रो हाफमा एपीएफले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया