सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् ।
संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिएकी छन् ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् ।
परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएकी थिइन् । उनीहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?”, प्रधानमन्त्री कार्कीले भनिन् ।
त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गरे ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया