यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि

भारतीय युवा टोलीलाई पराजित गर्दै पाकिस्तानले यू-१९ एसिया कपको उपाधि उचालेको छ। आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियो।
भारतका लागि दीपेश देवेन्द्रनले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। ओपनर वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आरोन भार्गेसले १६ र अभिज्ञान कुन्डुले १३ रन जोडे।
भारतलाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि अली राजाले ४ विकेट लिए। मोहम्मद संय्याम, अब्दुल सुभान र हुजैफा हसनले समान २-२ विकेट लिए।
यसअघि युएईको आईसीसी एकेडेमीमा भारतीय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल तयार पारेको थियो।
पाकिस्तानका लागि ओपनर समिर मिन्हासले सर्वाधिक १ सय ७२ रनको योगदान दिए। उनले १ सय १३ बलमा १७ चौका र ९ छक्का प्रहार गरे।
अहमद हुसैनले ५६ रन जोडे। उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९ र हम्जा जाहुरले १८ रन बनाए।
भारतका लागि दिपेशले ३ विकेट लिए भने हेनिल पटेल, खिलान पटेल र कनिष्क चौहानले समान १-१ विकेट लिए।















हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया