कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

लुम्बिनी । भारतमा हुने अन्तरराष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम त्यसतर्फ जाने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली टिम भारत जान लागेको हो ।
सङ्घले आज भैरहवामा पत्रकार सम्मलेन गरी भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस १४ र १५ १७ औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागि हुन नेपाली खेलाडीहरूको टोली त्यसतर्फ जान लागेको जानकारी गराइयो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जान लागेका छन् । नेपाली टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल छ जना गरी २८ जना सहभागी हुनेछन् । सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गरे । सङ्घका लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै तहका सरकारले पनि सहयोग नगरेको तर राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गरे ।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया