कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

लुम्बिनी । भारतमा हुने अन्तरराष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम त्यसतर्फ जाने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली टिम भारत जान लागेको हो ।
सङ्घले आज भैरहवामा पत्रकार सम्मलेन गरी भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस १४ र १५ १७ औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागि हुन नेपाली खेलाडीहरूको टोली त्यसतर्फ जान लागेको जानकारी गराइयो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जान लागेका छन् । नेपाली टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल छ जना गरी २८ जना सहभागी हुनेछन् । सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गरे । सङ्घका लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै तहका सरकारले पनि सहयोग नगरेको तर राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गरे ।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।















काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया