वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो । माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताइन् ।
“बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो”, उनले भनिन् ।
माइती नेपालले सन् २०२४ मा सीमाक्षेत्रबाट एक सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने सन् २०२३ मा भने एक सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो ।
“जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेका छन्”, पर्यवेक्षक पौडेलले भनिन्, “१९ वर्षमाथिको सङ्ख्या भने एक सय २३ जना रहेका छन् ।” माइती नेपालले सन् २०२५ मा करिब २० हजार दुई सय ३१ सवारीसाधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखनविरुद्धको जनचेतनामूलुक कार्यक्रम गरेको थियो ।
















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया