तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सरु गरेका छन्।
आयोगका अनुसार आइतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन्।
तीनवटा राजनीतिक दलले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आइतवार र सोमवार बन्दसूची पेश गर्ने समय तोकिएको छ।
आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए। निस्सा लिएपछि बन्दसूची पेश गर्न दर्ता गरिने उनको भनाइ छ।
उनले सेवा प्रवाहका लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया