रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
मेरोन्यूज
२०८२ पुष १४ गते १६:३५

काठमाडौं । जेन–जी आन्दोलनको समयमा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए ।
बयानमा लेखकले भदौ २३-२४ गतेको घटनालाई मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमण भनेका छन् ।
गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनले लिखित बयानमा बताएका छन् ।
‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्न् ।
हेर्नुहाेस् पूर्णपाठ :
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया