रवि, बालेन र कुलमानबीच के के सहमति भए ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।सहमति अनुसार, एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।उज्यालो नेपाल पार्टीको अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रमसँग जोड्दै एकता पश्चात् संगठनात्मक संरचनालाई थप सुदृढ बनाइने जनाइएको छ। उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानी जिम्मेवारी दिने सहमति गरिएको छ।

















निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया