बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।
खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकि थिइन् । उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो ।
बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।
बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उनको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उनको अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो ।
यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उहाँकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उनको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया