गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
मेरोन्यूज
२०८२ पुष १८ गते १५:३३

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए।
“घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने तयारी छ”, उनले भने। छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए। चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।
सम्बन्धित













गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया