बुधबार, पुष २३, २०८२

पुस २० गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

मेरोन्यूज २०८२ पुष २० गते ६:३४

काठमाडौं – आज २०८२ साल पुस २० गते आइतबार तदनुसार सन् २०२६ जनवरी ४ तारिख ।  माघ कृष्ण पक्षको प्रतिपदा तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । 

मेष : धैर्य वा पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। कार्यक्षेत्रमा नयाँ काम हातलागि हुने र भौतिक साधनहरु जुट्नाले दिगो कार्य प्रारम्भ गर्ने योजना बन्नेछ। मनमा उमंग दिनैभरी रहिरहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष :बोलिको माध्यमले सहज रुपमा कार्यसम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने गरेको काममा मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापार व्यवसाय र लगानिको हकमा सोचेभन्दा धेरै लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन : सेवा र धार्मिक कामले प्रतिष्ठामा वृद्धि हुने समय रहेको छ। नोकरी वा पेशामा बेलैमा योजना बनाएर कार्य प्रारम्भ गर्नाले सफलता मिल्नेछ। अध्ययनशील प्रवृत्तिले लाभ मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : गोप्य कुरा बाहिरिनाले समस्याको सामना गर्नुपर्ला। आवश्यक धनराशि सहि ठाउँमा उपयोग नहुनाले दिगो कार्य प्रारम्भ गर्न नसकिएला । स्वास्थ्यमा गडबडी हुनसक्ने सम्भावना रहेकाले खानपिनमा पनि बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

सिंह : समाजमा मानसम्मान बढ्नेछ। कामको अवसर जुटाईदिने आफ्नाहरुले साथ र सहयोग दिनेछन्। बुद्धिको उपयोग विद्या र धनार्जनमा सहायक हुनेछ। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या : नोकरी वा पेशामा आफ्नो प्रतिभाको उचित प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। दैनिक कार्यरत रहेकै क्षेत्रबाट नयाँ कामको प्रस्ताव आउनेछ। प्रशासन वा राजपक्षबाट सम्मानित स्थान प्राप्त हुने योग बनिरहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला : काममा र कामगर्ने बिषयमा इच्छाशक्ति बढ्नाले राम्रो कीर्तिमानी र यश मिल्नेछ। समयको सदुपयोग रचनात्मक कार्यतर्फ हुनेछ। धार्मिक परम्परालाई समय अनुसार परिवर्तन र परिमार्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक : व्यापारमा लगानी बढाउन खर्च भएतापनि धन जुटाउन सकिएला। आशा देखाउनेहरूले निराशा दिन सक्ने भएकाले सचेत रहनु राम्रो होला। परिस्थितिले गर्दा आफन्तहरूबाट टाढिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै बोली र व्यवहार राम्रो राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु :रोकिएको काम बन्नेछ साथै थप जिम्मेवारी समेत बढ्नेछ। मनपरेको सामानमा धन खर्च हुनाले मन प्रफुल्ल रहनेछ। आम्दानीको नयाँ स्रोत बढ्नुका साथै श्रमको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

मकर :मेहनती जीवनशैलीमा केही आलस्यता पैदा हुनसक्छ। समाजमा नयाँ उत्तरदायित्व वहन गर्नुपर्ला। प्रतिक्षित नतिजा हजुरको अनुकूल नहोला त्यसैले ठूलो महत्वाकांक्षा नराख्नु उत्तम रहला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

कुम्भ : गुमेको स्थान प्राप्त हुनुका साथै मनोवाञ्छित आकंक्षा पूरा हुनेछ। समाजमा यश बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा राम्रो लाभ आर्जन हुनेछ र मनमा प्रशन्नता छाउनेछ।आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन : सानातिना घरायसी काम तथा मानसिक उल्झनमा अल्झिनुपर्ने समय रहेकाले धैर्यता र संयमि रहनु फाईदाजनक हुनेछ। कठिन चुनौतीहरूको सामना गर्नुपर्ला कृपया आत्मविश्वास अडिग राख्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस् साथै यात्रा गर्नुपूर्व हनुमानजीको आरधना गरेर मात्र यात्रामा जानु बुद्धिमानी होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया