घरको छत खस्दा पाकिस्तानमा ६ जनाको मृत्यु
मेरोन्यूज
२०८२ पुष २० गते १३:५९

पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा (केपी) शनिबार बिहान घरको छत खस्दा छ जना व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अधिकांश मृत्यु भएका व्यक्ति बच्चा हुन् ।
राज्य सञ्चालित रेस्क्यु ११२२ का अनुसार, यो घटना चर्सड्डा जिल्लाको शाबकदार क्षेत्रमा बिहान करिब ४ बजे घटेको थियो । छत खस्दा त्यहाँका महिला र बच्चाहरू फसिएका थिए ।
रेस्क्यु ११२२ केपीका प्रवक्ता बिलाल अहमद फाइजीले सिन्हुआलाई जानकारी दिँदै भन्नुभयो,“घर माटोबाट बनाइएको थियो र वर्षाका कारण कमजोर भएको थियो ।”
घाइतेलाई प्राथमिक उपचार दिइएको र नजिकैको अस्पतालमा सारिएको छ ।
मृतकमा दुई देखि १४ वर्षका बच्चाहरू र २५ वर्षीया महिला रहेका छन् भने घाइतेमा पनि महिला र बालबालिका छन् ।
सम्बन्धित
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया