बुधबार, पुष २३, २०८२

बालेन-कुलमान पक्षलाई समेट्ने गरी रास्वपाले थप्यो ४ पदाधिकारी

मेरोन्यूज २०८२ पुष २० गते १७:५०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ पदाधिकारी थप गरेकाे छ।

केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकताको सहमतिपछि रास्वपाले पदाधिकारी थप्ने निर्णय गरेको हो।

रास्वपामा यसअघि सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए। ४ पदाधिकारी थपिएसँगै याे संख्या कम्तिमा १४ सदस्यीय पुगेकाे छ ।

प्रतिक्रिया