मंगलबार, वैशाख १५, २०८३

विवेकशील साझाबाट आएका ७ जना रास्वपाकाे केन्द्रीय सदस्य मनोनित

मेरोन्यूज २०८२ पुष २० गते १७:५९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ७ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।

Advertisement
NiccNicc

विवेकशील साझाबाट समायोजनमा आएका समीक्षा बास्कोटासहित ७ जना नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

पार्टी समायोजन पश्चात् विवेकशील साझाबाट आएका अध्यक्ष बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, कार्यालय प्रमुख नवराज थापा, प्रवक्ता आशुतोष प्रधान, सुरज प्रधान, धनेज थापा केन्द्रीय सदस्य बनेका हुन्।

रास्वपा र विवेकशील साझाबीच मंसिर १४ गते एकता भएको थियो।

प्रतिक्रिया