न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा

वुडसाइड, क्विन्स, न्यूयोर्क । वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारीबारे बोल्दै घिमिरेले भने, “क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक परिवारको अपनत्व र आवाज हुनुपर्छ। म यसकारण चुनावी मैदानमा उत्रिएको हुँ किनभने डिस्ट्रिक्ट ३० लाई हाम्रो समुदायको मर्म बुझ्ने र सबैका लागि व्यावहारिक एवं ठोस समाधान निकाल्न प्रतिबद्ध नेतृत्वको खाँचो छ।”
उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले बलियो र न्यायपूर्ण क्विन्स निर्माणका लागि आफ्नो दृष्टिकोण र योजनाहरू प्रस्तुत गर्नेछन्। उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास (Affordable Housing), गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेका छन्।
“जनसेवाको वास्तविक अर्थ जनताको कुरा सुन्नु, उनीहरूका सुख-दुःखमा साथ दिनु र आफूले प्रतिनिधित्व गर्ने मानिसहरूको पक्षमा दृढतापूर्वक लड्नु हो,” घिमिरेले थपे। “हामी मिलेर यस्तो क्विन्स निर्माण गर्न सक्छौं जहाँ हरेक परिवारले फस्टाउने र अघि बढ्ने अवसर पाउनेछन्।”
अभियानका थप विवरणहरू घोषणा कार्यक्रम र त्यसपछिका हप्ताहरूमा सार्वजनिक गरिनेछ।
सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका घिमिरेले दुई दशकभन्दा बढी समयदेखि नेपाली अमेरिकी र दक्षिण एसियाली समुदायको सेवाका साथै क्विन्सका श्रमिक, आप्रवासी र श्रमजीवी परिवारहरूको पक्षमा वकालत गर्दै आएका छन्। उनले सन् २०२० को जनगणनामा फिल्ड सुपरभाइजरको रूपमा काम गरी पछाडि परेका समुदायहरूलाई गणनामा समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए।
साथै, उनले इन्हुर्ड इन्टरनेशनल (INHURED International) मार्फत २२ वटा देशमा मानव अधिकार मिसनहरूमा सहभागी भई अन्तर्राष्ट्रिय स्तरमा समेत अनुभव सँगालेका छन्।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया