बुधबार, पुष २३, २०८२

एमाले सचिवालय बैठक जारी

मेरोन्यूज २०८२ पुष २२ गते १२:३३

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने पार्टी सचिव भानुभक्त ढकालले जानकारी दिए।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्दै छ ।

यी हुन् छलफलका एजेण्डा

१. राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन

२. घोषणा–पत्र तयारी समिति गठन

३. निर्वाचन परिचालन समिति गठन

४. निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन

५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति

६. संशोधित विधानअनुसार

– वाग्मती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन

७. पार्टी नियमावलीमा संशोधन

८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन

प्रतिक्रिया