नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बिहिबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
धनुषा सबैला –६ निवासी ई. यादव नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य भएर सक्रिय जिम्मेबारी निर्वाह गरिसकेका छन् ।
अध्यक्ष यादवले राजनीतिक, सामाजिक तथा पूर्वाधार विकासको क्षेत्रमा लामो अनुभव हासिल गरेका ई. यादवको पार्टी प्रवेशले मधेस प्रदेशमा जसपा नेपालको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, कार्यकारिणी समिति सदस्य दिपक कार्की, जसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका रेणुकुमारी यादव र प्रदीप यादव लगायतको उपस्थिति गरेको थियो ।
















इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया