कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्ने, हुलहुज्जत गर्ने र पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने जस्ता गैरकानुनी कार्य भएको भन्दै भर्त्सना गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जारी गरेकाे विज्ञप्तिमा बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा हुने यस्ता उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।
यस्ता घटनाले बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको बैंकले जनाएको छ।
बैंकले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न र बैंक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया