आइतबार, पुष २७, २०८२

पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

मेरोन्यूज २०८२ पुष २६ गते ८:२९

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका ८४ वर्षीय दाहालको शुक्रबार साँझ काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिए ।

स्वर्गीय दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल वीर अस्पतालमा उपचारको क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया