रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
मेरोन्यूज
२०८२ पुष २६ गते १६:१५

उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गर्ने भएको छ।
४ बजे केन्द्रीय त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकले यसको औपचारिक निर्णय गर्दै छ।
घिसिङलाई औपचारिकरुपमा अध्यक्ष घोषणा गर्न आजै साँझ ६ बजे पार्टी कार्यालयमै पत्रकार सम्मेलन आयोजना गरिएको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो।
पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोडेका छन्।
सरकारबाट बाहिरिएपछि र रास्वपासँगको सहमति तोडिएपछि कुलमान आफै अध्यक्ष भएर पार्टी हाँक्न अग्रसर भएका हुन्।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया