निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग

कर्णाली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ । प्रदेशका दश जिल्लामा रहेका बाह्र निर्वाचन क्षेत्रका लागि नौ हजार ७४३ प्रहरीको माग भएसँगै दरखास्त आह्वान गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रहरीको माग दश जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा गरिएको छ । सुर्खेतमा एक हजार ६२८, दैलेखमा एक हजार ३७८, सल्यानमा एक हजार ३१०, कालीकोटमा एक हजार १०२, जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८०, डोल्पामा ५७९ र हुम्लामा ५४९ निर्वाचन प्रहरी माग गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए।
निर्वाचन प्रहरीको दरखास्त दिन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन भए पनि सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउने प्रबन्ध मिलाइएको उनले जानकारी दिए । सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाइएको छ ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया