ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
मेरोन्यूज
२०८२ पुष २७ गते १०:५४

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लु) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाबीच सहमति पत्रमा आज हस्ताक्षर भएको छ । अस्पतालका निर्देशक डा. बसौलाले सहमतिअनुसार आजैदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिए । उनका अनुसार आज १५ जनालाई इन्फ्लुएन्जा (श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण) विरुद्धको खोप लगाइएको छ ।
जाडो बढेसँगै इन्फ्लुएन्जाबाट सुरक्षित रहनका लागि खोप लगाइएको उनले बताए । जाडो महिनामा धेरै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण शिशुदेखि जवान, अधबैँसे र वृद्ध वृद्धासमेत सबै उमेरका व्यक्तिलाई हुनसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरे ।
सम्बन्धित












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया