पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।
इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका थिए । बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो । विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ । घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए । विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ ।
एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। प्रारम्भिक रूपमा ग्यास सिलिन्डर चुहावटका कारण विस्फोट भएको आशङ्का गरिएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिनुका साथै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन् ।
पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापरबाहीका कारण यसअघि पनि घातक दुर्घटनाहरू हुँदै आएका छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया