जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित

काठमाडौँ । जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र लिुम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बूू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एकता घोषणा कार्यक्रममा संजोजक दाहालले नेकपा मुलुकको पहिलो शक्ति बन्ने अभियानका साथ अघि बढिरहेको बताए । वामपन्थी शक्तिको एकताबाट मात्रै समाजवादको यात्रा अघि बढाउन सकिने उनको भनाइ थियो ।
सहसंयोजक नेपालले विगतका कमिकमजोरीलाई स्वीकार्दै जनआकाङ्क्षालाई सर्वोपरि राखेर अघि बढ्ने सङ्कल्प राखेकाले देशव्यापीरूपमा नेकपाको लहर चलेको बताए । “यो पार्टीको इमान्दारिता, निष्ठा र समर्पणलाई विश्वास गरेर धेरैभन्दा धेरै जनसमुदाय नेकपाप्रति आकर्षित भइरहनुभएको छ”, उनले भने ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया