बुधबार, वैशाख १६, २०८३

युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु

मेरोन्यूज २०८२ पुष २९ गते १३:३०

युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार बताएका छन्।

Advertisement
NiccNicc

“खार्किवको बाहिरी इलाकामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको तथा छ जना घाइते भएको गर्भनर सिनेगुबोभले टेलिग्राम मार्फत बताएका हुन्।

युक्रेनको दोस्रो सहर खार्किवका मेयर इगोर टेरेखोभले लामो दूरीको रूसी ड्रोनले बालबालिकाको मेडिकल सुविधामा प्रहार गर्दा आगलागी भएको तर कुनै हताहत नभएको बताएका छन् ।

रातभरको आक्रमणले दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रहरूमा पनि असर पारेको जनाइएको छ ।

आक्रमणमा आवासीय भवन, अस्पताल र एक किन्डरगार्टेन क्षतिग्रस्त हुनुका साथै कम्तिमा पाँच जना घाइते भएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताउनु भएको छ ।

मस्कोले पछिल्लो समयमा युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूद्वारा प्रहार गरेको जनाइएको छ ।

रूसले गत हप्ता युक्रेनमा ओरेसनिक ब्यालेस्टिक मिसाइल प्रहार गरेसँगै वासिङ्टन लगायत किएभका सहयोगीहरूबाट निन्दा खेपेको थियो ।

मस्कोले मिसाइलले लिभिभ क्षेत्रको उड्डयन मर्मत कारखानामा प्रहार गरेको जनाउदै युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा आक्रमण गर्न गरेको प्रयासको प्रतिक्रियामा फायर गरिएको उल्लेख गरिएको थियो यद्देपी किएभले आरोपको अस्वीकार गरेको छ ।

प्रतिक्रिया