बुधबार, पुष ३०, २०८२

सुमन सायमीको समूह नेकपामा समाहित

मेरोन्यूज २०८२ पुष ३० गते १६:०७

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ।

बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमी नेतृत्वको समूह नेकपामा समाहित भएको हो।

सायमीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि सहभागी भएका छन्। नेकपाले सायमीलाई काठमाडौं ८ मा उम्मेदवार बनाउने तयारी गरेको छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमीले १३ हजार ७७० भाेट पाएका थिए ।

प्रतिक्रिया