आइतबार, वैशाख १३, २०८३

थापाको सभापतित्वमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आज पहिलो बैठक बस्दै

मेरोन्यूज २०८२ माघ ३ गते ९:३३

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज (शनिबार) बस्दै छ। 

Advertisement
NiccNicc

बैठक अहिले बिहान ११:३० बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।  

पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो। उता शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता दाबी गरे पनि निर्वाचन आयोगले शुक्रबार गगन पक्षको कांग्रेसलाई वैधानिकता दिएको हो।  

प्रतिक्रिया