शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् ।
शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् ।
कांग्रेसका विमती अन्त्य गर्न र एक ढिक्का बनाउन उनीहरुको भूमिका हुनुपर्ने थापाको भनाइ छ ।
‘निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ– अब यो रोक,’ थापाले भने, ‘एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो ।’उनले थपे, ‘वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं ।’
गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई यही माघ २ गते निर्वाचन आयोगले आधिकारिकताको मान्यता दिएको थियो । त्यसप्रति देउवा पक्षका नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्काले त देशभर आन्दोलन गर्ने र कानुनी लडाइँ लड्ने अभिव्यक्ति दिएका थिए।
‘पार्टी स्थापना कालदेखि अंगीकार गरिएका मूल्य र मान्यतालाई अझ उज्यालो बनाउँदै नयाँ युगको चेतनासँग जोडिएको कांग्रेस निर्माण गर्न चाहन्छौँ,’ उनले भने।
उनले यो लक्ष्य हासिल गर्न पुराना नेताहरूले नयाँ नेतृत्वसँगै हातेमालो गर्नुपर्ने र नयाँ साथीहरूलाई पनि समेट्नुपर्नेमा जोड दिए। साथै समयको ठूलो दबाब रहेको उल्लेख गर्दै उनले आगामी दुई दिनभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताए।
सभापति थापाले पार्टीका सबै नेता कार्यकर्तालाई एक ठाउँमा जुट्न आग्रह गर्दै भने ‘एक–दुई दिनभित्रै नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नेछ। ‘हामी विभिन्न तहमा पार्टीका साथीहरूसँग निरन्तर कुराकानी गरिरहेका छौँ’ ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया