बिहीबार, फागुन ७, २०८२

आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल

मेरोन्यूज २०८२ माघ ४ गते ७:१०

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा थाइल्याण्डसँग भिड्दै यो प्रतियोगिताको सुरुवात गर्दैछन्।प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गर्दै नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राखेको छ। नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने दाबी गरेकी छन्।

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन्। यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ। अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको कप्तान बर्माको भनाइ छ।महिला क्रिकेटतर्फ देशले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो।

कार्यक्रममा नामिबिया, अमेरिकासहित टिमका कप्तानले पनि अभ्यास खेलले नेपाली क्रिकेटको पिच र मैदानको अवस्था बुझ्ने बताउँदै यो प्रतियोगिताका लागि उत्कृष्ट तयारी बन्ने उल्लेख गरेका छन्।आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ। नेपाल र थइल्याण्डको खेल आइतबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रतिक्रिया