आइतबार, माघ ४, २०८२

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

मेरोन्यूज २०८२ माघ ४ गते १०:३७

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ३ विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ।ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट भइन्। अर्की अ‍ोपरन विन्दु रावल ४४ रनमा आउट भइन्।

५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो। पूजा महतो १२ रन बनाउँदा क्याच आउट भइन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्।

प्रतिक्रिया