आइतबार, वैशाख १३, २०८३

बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

मेरोन्यूज २०८२ माघ ६ गते ९:२९

  काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। 

Advertisement
NiccNicc

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। 

दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैबाट बाजागाजासहितको टोलीका साथ उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्ने कार्यक्रम छ। यस्तै त्यही क्षेत्रबाट चुनाव लडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै छन्।

अध्यक्ष ओलीले निर्वाचन क्षेत्र नम्बर ५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको जनाइएकाे छ ।

पूर्वप्रधानमन्त्री ओलीले आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्। 

उनले लेखेका छन्, ‘शुभ बिहानी! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्!’

प्रतिक्रिया