बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।
यहाँका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेका छन् ।
अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताए। अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन समयावधीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ । जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन् ।
















काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया