शनिबार, फागुन १६, २०८२

कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते २१:०८

कैलाली । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलाेपा)का तर्फबाट डा.जनकराज शाहले कैलाली जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा आज आफ्नो उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

टिकापुरस्थित निर्वाचन कार्यालयमा आयोजित उम्मेदवारी दर्तापछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै उम्मेदवार शाहले आफू जनताको आवाज बनेर संसदमा पुग्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी जनताको पक्षमा दृढ रूपमा उभिएर स्थानीय विकास, सुशासन, पारदर्शिता र सामाजिक न्यायका पक्षमा काम गर्नेछौं। यो क्षेत्रका प्रत्येक नागरिकलाई समान अवसर, सम्मान र आवाज दिलाउनु नै मेरो प्रमुख लक्ष्य हो।”

शाहले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, किसानको हितमा काम गर्ने र आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउने योजना रहेको बताए ।

शाह प्रलोपा गठन अघि नेसपा (नयाँ शक्ति)का सुदूरपश्चिम इन्चार्ज थिए । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, कृषि विकास बैंकका पूर्व कार्यकारी अधिकृत तथा अर्थ राजनीतिका जानकार शाह वौद्धिक व्यक्तित्वको छवि वनाएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलाली क्षेत्र नं. १ मा वैकल्पिक राजनीति प्रस्तुत गर्दै विकासमुखी र जनउत्तरदायी कार्यक्रमसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर दीर्घकालीन विकासको खाका अघि सारिने उल्लेख छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा जनक राज शाह र प्रगतिशील लोकतान्त्रिक पार्टीले स्थानीय विकास, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र दिगो रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ।

प्रतिक्रिया