टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी

टीकापुर। कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेश शुल्कबापत लिइने टिकट बिक्रीबाट गत पुस ३० गते एक लाख २४ हजार, माघ १ गते पाँच लाख ५४ हजार, माघ २ गते ११ लाख ३३ हजार, माघ ३ गते रु नौ लाख ८० हजार, ४ गते पाँच लाख ५१ हजार, माघ ५ गते छ लाख ५० र माघ ६ र ७ गते बाँकी रकम सङ्कलन भएको समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ टीकापुरका सदस्य उपेन्द्र बटालाले जानकारी दिए ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव यही माघ ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सर्वसाधारणले रु एक सयमा टिकट लिन सक्नेछन् भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । महोत्सवमा रमाइलो मेला, फोटो प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारु कला र संस्कृति झल्कने ‘थारु गाउँ’ बनाइएको समितिका संयोजक बटालाले बताए । उनका अनुसार यहाँ निःशुल्क आँखा उपचार, प्राथमिक उपचारलगायत सेवा उपलब्ध छन् ।
महोत्सवभित्र दुई सय व्यापारिक स्टल (कक्ष) राखिएका छन् । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया