श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
मिथिला मुख्यत कृषिकर्म थलो मानिन्छ । यहाँका धेरैजसो धार्मिक तथा सांस्कृतिक पर्वहरू कृषिसँग जोडिन्छन् । श्रीपञ्चमी त कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृ तिका जानकारहरू बताउँछन् ।
‘श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्’, जलेश्वर–५ का बासिन्दा मिथिला संस्कृतिविद् ध्रुव रायले भने,’यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया÷कचियाँ उद्याउने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार (यी काम गर्ने मिथिलाका खास जातिविशेष) तय गर्छन् ।’श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराई दक्षिणा दिने चलन रहेको अवकासप्राप्त सहप्राध्यापक रहेका राय बताउँछन् ।
यसरी नै यसै पर्वको दिन किसानले खेतबारीमा गोरु नारेर हलो जोत्छन् । यो परम्परामा हलो जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यस दिन हलो नारेर खेत जोतेपछि वर्षभरि कृषिकर्मको राम्रो प्रतिफल पाइने मैथिल जनविश्वास रहेको पूर्वप्रशासक रहिसकेका झाले बताए।

















कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
प्रतिक्रिया