सुनको मूल्यमा कीर्तिमान, तोलाकाे ३ लाख नाघ्याे

काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो ।
गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
















गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
भूपेन्द्रजंग शाहीले लिए उम्मेदवारी फिर्ता
बैतडीका स्वतन्त्र उम्मेदवार चन्दले फिर्ता लिए उम्मेदवारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया