रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८२ माघ ९ गते १४:५८

चन्द्रपुर (रौतहट) । जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।
सम्बन्धित

















निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया