सोमबार, माघ १२, २०८२

बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते

मेरोन्यूज २०८२ माघ १२ गते १८:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।

साेमबार बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरु गाडीबाट खसेर घाइते भएका हुन् । विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेको बताइएको छ ।

विमानस्थलभित्रैको सडक भएकाले गाडीको स्पिड कम हुँदा उनीहरु सामान्य घाइते भएको प्रहरीकाे भनाइ छ ।

घाइतेमध्ये स्थानीय वीरसिंह ऐरीको टाउकोमा चोट लागेको छ। उनको अहिले नेपालगञ्जस्थित सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

चुनावी प्रचार प्रसारको सुदूरपश्चिमतर्फ लागेका बालेन आज नेपालगञ्ज पुगेका हुन् । उनी केही दिनअघि मात्रै पूर्वी नेपालका जिल्लाहरुमा चुनाव प्रचार प्रसार सकेर फर्किएका थिए ।

प्रतिक्रिया