बुधबार, माघ १४, २०८२

बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते

मेरोन्यूज २०८२ माघ १४ गते ८:५४

बारामा आज बिहान करिब ३ बजे धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या गरिएकाे छ । बुबासहित तीनजना घाइते भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो ।

एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको प्रहरिले जनाएकाे छ ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेवारे थप अनुसन्धान भइरहेकाे प्रहरिले जनाएकाे छ ।

प्रतिक्रिया