बुधबार, माघ १४, २०८२

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मेरोन्यूज २०८२ माघ १४ गते १७:०८

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बझाङ बित्थडचिर गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार बित्थडचिर वडा नम्बर–९ स्थित सुनकुडा माविका प्रधानाध्यापक तथा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीसमेतले विद्यालयलाई मनपरी ढंगले सञ्चालन गरेको तथा विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको हाे ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित सुनकुडा माविका व्यवस्थापन समितिका अध्यक्ष अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सव इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

रमेशबहादुर अधिकारी, धनबहादु र हर्कबहादुरसँग २६ लाख ५४ हजार, रमेशबहादु विष्ट र सव इन्जिनियर किरणसँग २० लाख रूपैयाँ बिगो माग दाबी गरेको छ।

प्रतिक्रिया