बादोरियो कराते टोली भारत जाँदै
मेरोन्यूज
२०८२ माघ १४ गते २०:२७

काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराते टोली भोलि भारतको भिशाखापटनम प्रस्थान गर्ने भएको छ ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापामगर, ४५ केजीमा रिजन बुढामगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्नेछन् । महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुनेछन् ।
अफिसियलमा नेपाल बादोरियो कराते डो सङ्घका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
सम्बन्धित
















बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया