अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन सप्तरी क्षेत्र नं. ३ का उम्मेदवारको रुपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने बताएका हुन् ।
‘आजको नेपाल पुरानै संबैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय । राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ’, जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै उनले भनेका छन्, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समास्याहरूको समाधान गर्न संविधान संशोधन/पुनर्लेखन गरेर देशलाई निकास दिन पर्दछ ।’
राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्सरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको उनले बताए ।
संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै अध्यक्ष यादवले भने, ‘संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो । अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया