सूर्य नेपाल इस्टर्न ओपन आजदेखि

काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदै छ । कोशी प्रदेशको सानको रूपमा परिचित धरान गल्फ क्लबमा आयोजना हुने यो प्रतियोगिता सूर्य नेपाल प्रालिको प्रायोजनामा तीन दिनसम्म ५४ होलमा खेलाइनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । रुखले घेरिएका फेयर वे र सट सेपिङ क्षमताको कडा परीक्षा लिने धरान गल्फ क्लब अर्को एक रोमाञ्चक प्रतियोगिताको साक्षी बन्ने तयारीमा रहेको छ । प्रतियोगिताको उपाधि विजेताले एक लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष १८ स्थानमा रहने खेलाडीहरूले नगद पुरस्कार बाँडफाँट गर्नेछन् ।
प्रतियोगितामा २९ जना व्यावसायिक खेलाडी र ह्यान्डिक्याप पाँच वा सोभन्दा कम भएका २२ जना एमेच्योर खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । अर्डर अफ मेरिटका नम्बर १ केवाड़ी तथा साबिक विजेता नीरज तामाङ मुख्य दाबेदारका रूपमा रहेका छन् । घरेलु मैदानको फाइदा पाउने नीरजलाई शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, सञ्जय लामा र धन थापाजस्ता अनुभवी खेलाडीहरूले कडा चुनौती दिने अपेक्षा छ ।
सिजनको पहिलो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्माले जितेका थिए । उनले पुन: एकपटक प्रोफेसनल खेलाडीलाई कडा चुनौती दिने अनुमान गरिएको छ । ३६ होलको खेलपछि कट लागू हुनेछ । जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोही कटमा एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया