तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
मेरोन्यूज
२०८२ फागुन २३ गते १७:५७

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए ।
डा वाग्लेले भने, “जिम्मेवारी ठूलो छ । तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाट विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन । यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु ।”
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया