सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ । कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको छ, जसको मुख्य विषयवस्तु लोपोन्मुख वन्यजन्तु, दिगोपन, संरक्षण र संवर्द्धन रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा नेपालमा पाइने विभिन्न लोपोन्मुख जनावरहरूको तस्वीर समावेश गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने सन्देशलाई जीवन बीमाको मूल भावसँग जोड्दै क्यालेन्डर तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्यालेन्डरले प्रकृति संरक्षणप्रति जनचेतना फैलाउनुका साथै जीवन बीमाले प्रदान गर्ने सुरक्षा, संरक्षण र भविष्यप्रतिको तयारीको सन्देश पनि बोकेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले समय–समयमा सामाजिक उत्तरदायित्व र जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ । कार्यक्रममा कम्पनीका उच्चपदस्थ अधिकारीहरू तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सका देशैभरि १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया