भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु

पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको जनाइएको छ ।
ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले पत्रकारहरूलाई बताएका छन्
।
बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका सर्ट भएका कारण आगलागी भएको बताएका छन् ।
घटनाको समयमा २३ जना विरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाएका छन् । बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पिडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।
यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए भने सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो ।


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया