अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।
सन् २००५ डिसेम्बर ८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल ४ मा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाउने घोषणा गरेको हो ।
युद्धका विस्फोटक सामग्रीले नागरिकको सुरक्षा, स्वास्थ्य र जीवनमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै राष्ट्रिय तथा स्थानीय स्तरको सामाजिक–आर्थिक विकासमा अवरोध पु¥याउने गरेकाले उक्त विश्वसंस्थाले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेको छ ।
सन् १९९७ मा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घीय बारूदी सुरुङ निवारण संस्थाले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणबाट उत्पन्न जोखिम न्यूनीकरणका काम गर्दै आएको छ । उक्त संस्थाले जोखिम न्यूनीकरणका लागि राष्ट्रसङ्घअन्तर्गतका गतिविधिहरूमा समन्वय, देशस्तरमा सञ्चालन हुने कार्यक्रमहरूको नेतृत्व तथा शान्ति स्थापनामा सहयोग गर्दै आएको छ ।
राष्ट्रसङ्घका अनुसार बारूदी सुरुङ र विस्फोटक अवशेषमुक्त विश्व बनाउन व्यक्ति र समुदायको सुरक्षित वातावरणमा विकास तथा पीडितहरूका आवश्यकता पूरा हुनुपर्नेमा जोड दिइएको छ । हाल बारूदी सुरुङ निवारण गर्न राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकाय, विशिष्टिकृत निकाय, कोष तथा कार्यक्रमहरू ३० देश सञ्चालित छन् ।
बारूदी सुरुङ निवारणले शान्ति स्थापनामा परिचालन भएका सुरक्षाकर्मीका साथै मानवीय सहायता निकायलाई सेवा प्रवाह गर्न तथा सर्वसाधारणलाई त्रासरहित जीवनयापन गर्न सहयोग पुगेको छ ।
यद्यपि युद्ध र द्वन्द्व अन्त्य भएपनि कोलम्बिया, इथियोपिया, लेबनान, म्यान्मा, गाजा, सिरियालगायत विभिन्न देशमा बारुदी सुरुङ र विस्फोटक उपकरणको जोखिम कायमै छ ।
यसै अवसरमा जारी गरिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणका कारण द्वन्द्वग्रस्त देशका नागरिकहरू, विशेषगरी बालबालिकामाथि अकल्पीय असर परेको बताउँदै द्वन्द्वको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
















व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया