गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न प्रशासनिक समिति गठनको प्रस्ताव गरेको छ ।
यो प्रस्ताव हमासको प्रतिनिधिमण्डलले दुई दिनको काहिरो भ्रमणपछि जारी गरेको विज्ञप्तिमा आएको हो । प्रतिनिधिमण्डलको नेतृत्व गाजाका प्रमुख खालिल अल–हैय्या गरेका थिए । भ्रमणका क्रममा हमासले इजिप्टियाली अधिकारी, मध्यस्थकर्ता र अन्य समूहसँग बैठक गरेको थियो ।
प्रतिनिधिमण्डलले अन्य समूहहरूसँग मिलेर सम्झौताका सबै चरणहरू कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याएको छ । साथै मध्यस्थकर्तासँगको परामर्श निरन्तर जारी रहेको उल्लेख गरिएको छ ।
हामासले मानविय सहयोग निरन्तर सुनिश्चित गर्नु, भौतिक शान्ति कायम राख्नु र प्रारम्भिक पुनर्निर्माण र राहत कार्यलाई सहज बनाउनु महत्वपूर्ण भएको जोड दिएको छ । प्रतिनिधिमण्डलले नजिकैको दिनहरूमा काहिरोमा पुनः वार्ता सुरु गर्ने आमन्त्रण प्राप्त गरेको पनि बताएको छ ।
सन्दर्भका लागि, हमास र इजरायलबीचको युद्धविराम सम्झौता अक्टोबर २०२५ देखि गाजा पट्टीमा लागू छ । पहिलो चरणमा बन्दी र बन्धकको साटासाट, मानविय सहायता प्रवाह र इजरायली सेनाको केही क्षेत्रमा फिर्ती समावेश थियो । जनवरीमा अमेरिकाले दोस्रो चरणको शान्ति योजना घोषणा गरेको थियो, जसमा पूर्ण इजरायली सेनाको फिर्ती, पुनर्निर्माणको सुरु र प्रशासनिक निकायको स्थापना समावेश छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया