जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
मेरोन्यूज
२०८२ चैत २६ गते १४:३०

जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् ।
दुवै जना कर्मचारी काठमाडौँमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेका उनले बताए । कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।
सम्बन्धित
















नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया