मर्स्याङ्दी ड्याममा नुहाउने क्रममा एक जना बेपत्ता, खोजी जारी
मेरोन्यूज
२०८३ वैशाख १ गते १७:५७

दमौली (तनहुँ) । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।
स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया